Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » स्वर्गीय आङ कलजंग लामाको स्मृतिमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने
युके समाचार

स्वर्गीय आङ कलजंग लामाको स्मृतिमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने

August 5, 2024Updated:August 5, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
स्वर्गीय आङ कलजंग लामाको  स्मृतिमा  ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय आङ कलजंग लामाप्रति श्रद्धान्जली व्यक्त गरेको छ  ।

आइतबार ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा स्वर्गीय लामाको फोटोमा माल्र्यापण गरि श्रद्धान्जली सभा आयोजना गरियो ।  श्रद्धान्जली सभामा उपस्थित महानुभावहरुले स्वर्गीय लामाले बेलायतस्थित नेपाली समाजमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेका थिए । पार्टी विशेषको मात्र नभई सामाजिक अभियन्ताका रुपमा रहेका लामा साझा व्यक्तित्वका रुपमा रहेको वक्ताहरुले बताए ।

एमाले पूर्व सांसद तथा केन्द्रीय सदस्य सूर्य पाठकले लामाले प्रवासी नेपाली समाजमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै प्रवासका समस्याहरु समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि सदस्य तथा यूके इन्चार्ज सरस्वती केसीले स्वर्गीय लामाको सरल बानी व्यवहारका कारण साझा व्यक्तिका रुपमा सबैले उनलाई लिने गरेको स्मरण गरिन् । उनले लामाले डायस्पोराको नेपाली समाजमा दिएको योगदान कहिल्यै भुल्न नसकिने बताइन् ।

ओएनएफ यूके अध्यक्ष तंगुभद्र भुसालले स्वर्गीय लामा सरल स्वभाव र  लोकतान्त्रिक आचरणका व्यक्ती भएको र  जस्तोसुकै परिस्थितिमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा आफुले पाएको बताए । उनले स्वर्गीय लामा जस्ता व्यक्तीहरु डायस्पोराको नेपाली समाजमा अझै आवश्यक रहेकाले आफुले दैनिकरुपमा  लामालाई  सम्झिने गरेको जनाए । ओएनएफ यूकेका पूर्व अध्यक्ष भक्त गुरुङ र पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले पनि स्वर्गीय लामाको योगदानको चर्चा गरेका थिए ।

नेकपा माओवादीमाओवादी केन्द्र पश्चिम अन्तरदेशिय प्रबास प्रदेश समिति उपसंयोजक तथा यूरोप इन्चार्ज  रण  खाती क्षेत्रिले स्वर्गीय लामा एमाले पार्टीको मात्र नभई सबैको साझा व्यक्तीको  रुपमा आफुले पाएको बताए । बेलायतस्थित नेपाली राजदुतावासकी  उपनियोग प्रमुख रोशन खनालले पनि लामा प्रति श्रद्धान्जली व्यक्त गरेकी थिइन् । त्यस्तै, प्राध्यापक कृष्ण उपाध्यायले पनि स्वर्गीय लामा प्रति श्रद्धान्जलीसहित उनको योगदानको चर्चा गरे ।

स्वर्गीय लामाकी श्रीमति माया लामासहित छोराहरु पेम्मा र कर्मा लामा श्रद्धान्जली सभामा उपस्थित थिए । परिवारका तर्फबाट बोल्दै स्वर्गीय लामाका छोरा कर्मा लामाले स्वर्गीय बुवाप्रति श्रद्धान्जली सभा आयोजना गरेकोमा ओएनएफ यूकेलाई धन्यबाद दिए ।

सचिव पुण्य रेग्मीले संचालन गरेको श्रद्धान्जली सभामा उपाध्यक्ष कृष्ण भण्डारी, संगठन विभाग प्रमुख बालकृष्ण भुसाल, बसन्त नेपाल, कैलाश नेपाल, प्रसुना कंडेल, विमला सेनेलगायतको उपस्थित रहेको थियो ।

स्वर्गीय लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको  श्री गर्जाढुङगा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । उक्त रकम स्थानीय व्यवस्थापन समिति, स्वर्गीय लामाकी धर्मपत्नी माया लामा र ओएनएफ यूकेको सहमतिमा चल्ने गरि कोष स्थापनाको कार्यविधि बनाइनेछ ।  नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा हृदयघातका कारण निधन भएको थियो ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleUnlocking the Power of Turmeric and Black Pepper – Chef Binod Baral’s advice
Next Article बेलायत भ्रमण नगर्न लण्डनमा नेपाली राजदूतावासको अनुरोध

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

“Gorkha Warrior” rated 15 by Censored Board

September 9, 2023

गोर्खा कपमा नयाँ रकर्ड १४ हजार बढी दर्शक , ब्रिगेड व्वाईजको बर्चश्व

May 27, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.