Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » टंक भट्टराई यती नेपाली एसोसिएसन यूकेको नयाँ अध्यक्ष
युके समाचार

टंक भट्टराई यती नेपाली एसोसिएसन यूकेको नयाँ अध्यक्ष

May 5, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
टंक भट्टराई यती नेपाली एसोसिएसन यूकेको नयाँ अध्यक्ष

‘यती घर’ निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने

लन्डन । यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष पदमा टंक भट्टराई सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आइतबार, मे ४ मा सम्पन्न संस्थाको ३१औं अधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

यसअघि महासचिवको जिम्मेवारी सम्हालिरहेका भट्टराईले संस्थालाई आधुनिक युगअनुसार अघि बढाउने प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

नवगठित कार्यसमितिमा वसन्त राय क्षेत्री वरिष्ठ उपाध्यक्ष, राज पाण्डे उपाध्यक्ष, आशिषराज पन्त महासचिव, सुष्मा पौडेल उपमहासचिव, मणीकला राई गुरुङ कोषाध्यक्ष, हरि रेग्मी खेलकुद सचिव, क्षमता ढकाल सामाजिक सचिव, गोपाल बस्नेत सांस्कृतिक सचिव, र आशिष महर्जन प्रकाशन सचिवको जिम्मेवारीमा निर्वाचित भएका छन्।

सदस्यहरूमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेश कुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध चयन भएका छन्।

निर्वाचन समितिको संयोजकमा संस्थाका पूर्व अध्यक्ष उमेशराज मोक्तान रहेका थिए भने सदस्यहरूमा शशीधर नेपाल, राजन खकुराल र शंकरप्रसाद दाहाल सहभागी थिए।

टंक भट्टराई: युवा नेतृत्वमा भरोसा

भट्टराई बेलायतमा स्थापित केयर व्यवसायी तथा सामाजिक अभियन्ता हुन्। उनले सयौं नेपालीलाई रोजगारी दिने अवसर सृजना गरेका छन्।

अध्यक्षमा निर्वाचित भएसँगै भट्टराईले यती संस्थाको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै ‘यती घर’ निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। साथै, क्षेत्रीय प्रतिनिधिमार्फत संस्थालाई थप सशक्त बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

उनले संस्थाको नेतृत्व युवा पुस्तालाई सुम्पिएकोमा अग्रजहरू र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन्।

भट्टराई कोडेक यूकेका पूर्व महासचिव र अध्यक्ष समेत भइसकेका अनुभवी नेतृत्वकर्ता हुन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleविभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ
Next Article पाकिस्तानबीच कश्मीरमा तनाव चुलिँदै: हालैका घटनाक्रमले क्षेत्रीय स्थायित्वमा खतरा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

A 41-year-old pelican and other animals wait for their food at Nepal’s only zoo – The Independent

March 9, 2024

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर १०० वर्षको उमेरमा निधन

December 29, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.