Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ
ग्लोबल समाचार

विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ

May 4, 2025Updated:May 4, 2025No Comments3 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ

दिनेश कुमार , लण्डन /   लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद अन्ततः विभाजनमा परिणत भएको छ। पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा वैशाख २०–२३ गते सम्पन्न ‘एकता महाधिवेशन’ बाट नयाँ नेतृत्व चयन भएलगत्तै एनआरएनए दुई धारमा विभाजित भएको देखिएको छ ।

महाधिवेसनमा माओवादी अध्यक्ष प्रचण्डको साथमा घले पक्षिय गैह्र अवासीय अभियन्ताहरु

परराष्ट्र मन्त्रालयले यो महाधिवेशन रोक्न सर्वोच्च अदालतमा निवेदन दिए तापनि कार्यक्रम रोकिएन। विरोधको बाबजुद परराष्ट्र मन्त्री आरजु राणा देउवा नै हायात होटल पुगेर उद्घाटन समारोहमा सहभागी भइन्। उनले एकताको शुभकामना व्यक्त गरे पनि त्यसले विभाजनलाई रोक्न सकेन।

महाधिवेशनमा नेपाली कांग्रेसनिकट व्यवसायी महेश श्रेष्ठ निर्विरोध अध्यक्ष चुनिए। अर्कोतर्फ, वर्तमान अध्यक्ष बद्री केसीले यस नेतृत्वलाई अस्वीकार गर्दै यसको कुनै औचित्य नभएको प्रतिक्रिया दिए।

शेष घलेले एकता महाधिवेशनको जिम्मा लिएपनि एनआरएनएको मूल संरचना मानिने राष्ट्रिय समन्वय परिषद् (एनसिसी)लाई पूर्ण रूपमा बेवास्ता गरियो। अधिकांश एनसिसीले अधिवेशन गरेनन् भने, केहीले समानान्तर रूपमा मात्र भाग लिए।

दुवै पक्षले सर्वोच्च अदालतको निर्णयलाई आ–आफ्नो पक्षमा व्याख्या गर्दै आएपछि अहिले दुईवटा एनआरएनए अस्तित्वमा छन्। केसी नेतृत्वको समिति सत्तारुढ एमालेको समर्थनमा रहेको देखिन्छ भने महेश श्रेष्ठको पक्षलाई कांग्रेस र माओवादीको समर्थन छ।

महेश श्रेष्ठ केही लचकदार मानिँदै आएका छन् र केसी समूहसँग संवादमा रहेको आशा गरिएको छ। केही एनआरएनए पदाधिकारीहरूले भविष्यमा एकताको सम्भावना अझै बाँकी रहेको बताएका छन्।

तर तत्कालका लागि, एनआरएनए राजनीतिक हस्तक्षेप, कानुनी अन्योल र नेतृत्व विवादमा फसेको छ। यसले संस्थाको मूल उद्देश्य — नेपाली डायस्पोरालाई एकजुट पार्ने र नेपालमा लगानी ल्याउने कार्य — ओझेलमा पर्ने निश्चित देखिन्छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना सन् २००३ मा विदेशमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्न र नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन गरिएको थियो। संघको उद्देश्य गैरआवासीय नेपालीहरूको हकअधिकारको संरक्षण गर्नु, नेपालको विकासका लागि विश्वभरका स्रोत साधन परिचालन गर्नु र दोहोरो नागरिकताको पैरवी गर्नु हो।

एनआरएनएले ८० भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद् (एनसिसी) स्थापना गर्दै आएको छ र प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने परम्परा बनाएको छ। तर सन् २०२१ मा सम्पन्न दशौँ महाधिवेशनपछि नेतृत्वमा विवाद चुलिँदै गएको थियो।

पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनलाई अवैधानिक ठहर गर्दै अदालत पुगेपछि सर्वोच्च अदालतले घलेको नेतृत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने फैसला गर्‍यो र एकता महाधिवेशनको जिम्मेवारी सुम्पियो। यसै घटनाले एनआरएनएमा दुई पक्षबीचको विवादलाई औपचारिक विभाजनसम्म पुर्यायो।

शेष घले संयोजक रहेको समूहको काठमाण्डौंमा भएको चुनिएका पदाधिकारीहरु

विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ

1. अध्यक्ष: महेशकुमार श्रेष्ठ
उपाध्यक्ष:
2. सुनिल कुमार साह
3. बुद्धि सागर सुवेदी
4. खगेन्द्र न्यौपाने
5. लोकप्रसाद दाहाल
6. मनोज कुमार श्रेष्ठ (गोर्खाली)
7. विश्वास दीप लिम्बु (तिगेला)
8. उपाध्यक्ष ( महिला) जुनु गुरुङ
महासचिव:
9. बाबुराम लामा
सचिव:
10. चिन्तामणि सापकोटा
11. टङ्कप्रसाद गैरे
12. तिलक प्रसाद गैरे
13. देवकी खत्री गुरुङ (महिला)
कोषाध्यक्ष:
14. ठाकुर प्रसाद ढुङ्गाना
15. सहकोषाध्यक्ष: कृष्णप्रसाद पोखरेल
16. रश्मि थापा- महिला संयोजक
17. भीमसेन थापा- युवा संयोजक
18. डा. बलराम श्रेष्ठ- एसिया प्रशान्त क्षेत्रीय संयोजक
19. प्रेमबहादुर गुरुङ- युरोप क्षेत्रीय संयोजकरमेश श्रेष्ठ-
20. मध्यपूर्व क्षेत्रीय संयोजक डिलुराम पराजुली- उत्तर
21. दक्षिण अमेरिका क्षेत्रीय संयोजक
22. इर्सद अहमद- ओसेनिया क्षेत्रीय संयोजक
एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक:
23. माधव पोखरेल
24. मीमबहादुर पुर्जा
मध्यपूर्व क्षेत्रीय उपसंयोजक:
25. सुनिल कुमार घिमिरे
26. श्रीकृष्ण भट्टराई
उत्तर/दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजक:
27. विश्वराज बास्तोला
28. नरबहादुर टण्डन क्षेत्री
ओसियाना क्षेत्रीय उपसंयोजक:
29. राम प्रसाद कँडेल
30. प्रताप राना
NRNA Shesh Ghale
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्सलाई ओहोदाको प्रमाणपत्र पेश गर्दै बेलायतमा कूटनीतिक कार्यभार सुरु
Next Article टंक भट्टराई यती नेपाली एसोसिएसन यूकेको नयाँ अध्यक्ष

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

बेलायतले नयाँ गोर्खा आर्टीलरी रेजिमेन्ट गठन गर्दै, युक्रेन तैनाथीको चर्चा

March 21, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.