Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
युके समाचार

यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै

June 4, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै

लण्डन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल पार्टीसँग आबद्ध प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशनमा सहभागी हुन बेलायत आउन लागेका छन्।

महासचिव पोखरेल आगामी १२ जुनमा यूरोपमार्फत बेलायत आउने कार्यक्रम तय भएको छ। उनी अधिवेशनका प्रमुख अतिथि रहनेछन् भने अधिवेशन यही जुन १५ मा लेस्टरमा सम्पन्न हुने तय भएको छ। अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ।

ओएनएफ यूकेको अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष संजय थापा तथा अन्तर्राष्ट्रिय समितिका सचिवालय सदस्य प्रभु थापासहितका नेताहरुको पनि सहभागिता रहनेछ।

बेलायत भ्रमणको क्रममा महासचिव पोखरेल नेपाली दूतावास लण्डनले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। साथै, नेपाल–बेलायत दौत्य सम्बन्ध, व्यापार, लगानी र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा समेत उनको सक्रिय उपस्थिति रहनेछ।

यस्तै, उनले बेलायती सरकारी अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरूसँग भेटघाट गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गर्ने कार्यक्रम तय भएको छ। साथै, लण्डनस्थित हाईगेटमा रहेको कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि स्थानीय नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। यस अवसरमा पूर्व गोर्खा सैनिकका अधिकार, गैरआवासीय नेपाली नागरिकता लगायतका सरोकारका विषयमा छलफल हुने बताइएको छ।

बेलायत आउनुअघि पोखरेलले काठमाडौंस्थित बेलायती दूतावासमा राजदूत रोब फेनसँग भेट गरी भ्रमणको उद्देश्य र दुई देशबीचको चासोका विषयमा कुराकानी गरेका थिए। ओएनएफ यूकेका अध्यक्ष तुंगभद्र भुसालले महासचिव पोखरेलको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
Next Article खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal: Twelve arrested for smuggling Nepalis into Russian army – BBC

December 7, 2023

Why so many of Nepal’s Gurkhas end up fighting for Russia in Ukraine – The Independent

December 11, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.