लन्डन । नेपालस्थित एक परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ बेलायतमा लोकप्रिय गायिका आनी छोइङको कन्सर्ट हुने भएको छ ।
मानवसेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।
आइतबार लन्डनस्थित सरस रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले सो जानकारी दिएको हो ।
अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।
झण्डै ८ वर्षपछि आनीको बेलायतमा कन्सर्ट हुन लागेको हो । सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्डबढी वचत गर्ने आयोजकको लक्ष्य छ ।
मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसंगै उनको ७ जना सम्मिलित वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने जनाए ।
मानवसेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको हो ।