Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न
खेल

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025Updated:May 26, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

दिनेशकुमार , लन्डन — बेलायतको अल्डरसटस्थित क्विन्स एभिन्यू स्पोर्ट्स मैदानमा सम्पन्न २३औं गोर्खा कप फुटबल प्रतियोगिता नेपाली समुदायबीच भव्य उत्सवको रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा ड्रिम टिम ले शानदार प्रदर्शन गर्दै गुरुजी इलाइट टिमलाई पराजित गर्दै मेन क्याटेगोरीको उपाधि हात पार्‍यो।

झण्डै १५ हजार दर्शकको उपस्थितिमा सम्पन्न गोर्खा कप केवल खेलकुदको प्रतिस्पर्धा मात्र नभई नेपाली कला, संस्कृति, खानपान, र पहिचान झल्काउने उत्सवको रुपमा परिणत भयो।


फुटबलमा उत्कृष्ट प्रदर्शन

मेन क्याटेगोरीतर्फ ड्रिम टिमले गुरुजी इलाइटलाई पराजित गर्दै £३,००० नगद, ट्रफी र प्रमाणपत्र जितेको हो। उपविजेता गुरुजी इलाइटले £१,८०० नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

  • प्लेयर अफ दि म्याच: ईश्वर गुरुङ (ड्रिम टिम)

  • टप स्कोरर: रोबेल नाल्बो (गुरुजी इलाइट)

  • बेस्ट म्यानेजर: शक्थिम चेम्जोङ (ड्रिम टिम)


भेट्रान क्याटेगोरी

भेट्रान समूहमा हिमालयन एफसी विजेता बनेको छ भने इन्टेक २००० उपविजेता बन्यो।

  • विजेताले: £१,५००

  • उपविजेताले: £१,०००

  • टप स्कोरर: डा. सन्दिप गुरुङ (हिमालयन एफसी)

  • प्लेयर अफ दि म्याच: खुम गुरुङ (हिमालयन एफसी)

  • बेस्ट म्यानेजर: कुमार थापा (हिमालयन एफसी)


महिला क्याटेगोरी

महिला खेलमा रन्डरबोल्ट एफसी विजेता बन्यो भने तामाङ समाज युके उपविजेता बन्यो।

  • विजेताले: £६००

  • उपविजेताले: £४००

  • प्लेयर अफ दि म्याच: गरिमा राई


विशेष सम्मान

यो वर्षको “फुटबल लेजेन्ड अफ गोर्खा कप” उपाधि लोकप्रसाद चेम्जोङ (धनकुटे) लाई प्रदान गरिएको छ। उनले गोर्खा कपमा १३ पटक भाग लिई तीनपटक उपविजेता बनेका थिए। साथै हङकङमा समेत नेपाली टिमबाट खेलेका थिए।


सांस्कृतिक र सामाजिक विविधता

प्रतियोगितामा नेपाली सांस्कृतिक नृत्य, झाँकी, दर्जनौँ स्टल, स्वादिला नेपाली परिकार, स्वास्थ्य शिविर, व्यापारिक र सामाजिक संस्थाहरुको सहभागिता देखिएको थियो।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला टिमकी सावित्रा भण्डारी ‘साम्बा’, नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे, रस्मुर बरो काउन्सिलका मेयर, बेलायती सांसद एलेक्स बेकर, गिनिज बुक होल्डर साजन डंगोल, र अन्य विशिष्ट व्यक्तिहरूले पुरस्कार वितरण गरे।


आयोजनामा तमुधिं यूकेको भूमिका

तमुधिं यूकेद्वारा आयोजित प्रतियोगिता खेलकुद सचिव क्याप्टेन दीपक घलेको संयोजकत्वमा सम्पन्न भयो। यस वर्ष ३२ मेन, १६ भेट्रान र २ महिला टिम गरी कुल ५० टिम सहभागी भएका थिए।

गोर्खा कप २०२५ ले नेपाली पहिचान, एकता र प्रतिभालाई प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय मञ्च बनेको छ। आयोजकले आगामी वर्षहरूमा अझ भव्यता थप्ने प्रतिबद्धता जनाएका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगोर्खा कपको सम्पूर्ण तयारी पूरा , लन्डन आइपुगिन् साम्बा
Next Article इन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन सार्वजनिक ; (सूचि सहित )

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गोर्खा ‘वारियर’लाई पठाएको सन्देशमा के छ ?

August 25, 2023

यती कप फुटबल फेल्थाममा हुने

August 28, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.