Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, June 15
मुख्य समाचार :
  • गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
  • Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
  • क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
  • नेपाली मिडिया सोसाईटी युके गठन
  • खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक
  • यूके अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल बेलायत आउँदै
  • गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह
  • तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » उच्च अदालतले दियो सन्दीपलाई सफाइ , निलम्बन फुकुवा , विश्वकपमा सहभागी हुने
नेपाल समाचार

उच्च अदालतले दियो सन्दीपलाई सफाइ , निलम्बन फुकुवा , विश्वकपमा सहभागी हुने

May 15, 2024Updated:May 15, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
उच्च अदालतले दियो सन्दीपलाई सफाइ , निलम्बन फुकुवा , विश्वकपमा सहभागी हुने

 

Picture from archive

काठमाण्डौं / “नेपाल क्रिकेट सङ्घले सन्दीप लामिछानेलाई गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ।”जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएको केही घण्टापछि नेपाल क्रिकेट सङ्घ क्यानको निर्णय सार्वजनिक भएको हो।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउनेबारे क्यानले चाँडै निर्णय लिने बताए।हाल दिल्लीमा रहेका चन्दले क्यानका सदस्यहरूबीच अनलाइनमार्फत् त्यसबारे छलफल चलिरहेको पनि जानकारी दिए।

उनले अदालतले सफाइ दिइसकेपछि ‘नेपाललाई टी२० विश्वकपमा पुर्‍याउन प्रमुख भूमिका खेलेका’ लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश हुनबाट रोक्न नमिल्ने उल्लेख गरे।

बलात्कार मुद्दामा उच्च अदालतले दियो सन्दीपलाई सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। 

बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए।

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने। यस फैसलाको पूर्णपाठ भने आउन बाँकी छ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

श्रोतः बिभिन्न

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Article‘Everest Man’ Kami Rita claims record 29th summit
Next Article मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा उठ्यो डेढ करोड

Related Posts

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025

भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी, एक वर्ष कैद र ३२ लाख बढी बिगो फिर्ता गर्ने आदेश

May 24, 2025

बेलायतको इमिग्रेसन प्रणालीमा ऐतिहासिक कडाइ : वर्क भिजादेखि स्थायी बसोबाससम्म नयाँ मापदण्ड

May 12, 2025

Comments are closed.

ताजा समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025

नेपाली मिडिया सोसाईटी युके गठन

June 10, 2025

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

June 9, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025

Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

June 11, 2025
लोकप्रिय

पाकिस्तानबीच कश्मीरमा तनाव चुलिँदै: हालैका घटनाक्रमले क्षेत्रीय स्थायित्वमा खतरा

May 8, 2025

Nepal Expands Global Workforce Reach with Labour Agreements in Europe and Japan – BNN Breaking

February 28, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.