नेपालबाट चर्चित कलाकारहरु बेलायत आएका छन् । उनीहरु थर्ड आईले आयोजना गरेको ‘नेपाली फिल्म फेस्टिभल लन्डन २०२४’ समापन समारोहका लागि शुक्रबार लण्डन आईपुगेका हुन् ।
शुक्रबार अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, कलाकार(निर्देशक दिनेश डिसी, नायिका पूजा शर्मा, नायक प्रदीप खड्का, नायिका बेनिसा हमाल, नृत्यंगना कविता नेपाली, संगीत संयोजक एलिस कार्की, नरेन खड्का, अनिता चलाउने लगायत कलाकार लन्डन आइपुगेका हुन् ।
उनीहरुले शनिवार ग्रीनफोर्ड टाउनहलमा थर्ड आईद्धारा अजोजित नेपाली फिल्म फेस्टिभलको समापन समारोहमा बिभिन्न सांगितिक कार्यक्रम प्रर्दशन गर्नेछन् ।
आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले फिल्मसंग सम्बद्ध बिभिन्न बिधामा अवार्ड समेत प्रदान गरिने जानकारी दिए ।
जुलाईको ७ तारिखमा वुलवीचको ट्राम्स थिएटरमा शुरु महोत्सव भएको थियो । बिभिन्न शोमा उत्र्कष्ठ पाँच चलचित्रहरु अन्तिम संस्कार, टुल्की, हल्कारा, प्रसाद २ र सरिता देखाइएको थियो ।