काठमाडौं / पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज बुधवार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्रको पूर्वी भागमा दुर्घटना भएको छ ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । घाइते हुनेमा क्याप्टेन मनिष शाक्य छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
विमानस्थल स्रोतका अनुसार उक्त जहाजमा एयरलाइन्सका कर्मचारी र कर्मचारीका परिवारका सदस्य थिए । मृत्यु हुनेमा विमानका चार जना व्यवस्थापक छन् । जहाज पोखरामा मर्मतका लागि लगिँदै थियो ।
ज्यान गुमाउने व्यक्तिहरू :
१। सागर आचार्य (सेफ्टी प्रमुख)
२। अश्विनकुमार निरौला (सीएएमओ म्यानेजर)
३। दिलीप बर्मा (क्यूए प्रमुख)
४। यज्ञराज पौडेल (मर्मत म्यानेजर)
५। एस कटुवाल (को पाइलट )
६। अमितमान महर्जन
७। सुदीपलाल जोशी
८। सर्वेस मरासिनी
९। श्याम बिन्दुकार
१०। नवराज आले
११। राजाराम आचार्य
१२। प्रिज्जा खतिवडा
१३। अधिराज शर्मा
१४। उद्धव पुरी
१५। मनुराज शर्मा
१६। सन्तोष महतो
१७। पून्यरत्न शाही
१८। एरिफ रेडा (विदेशी नागरिक)