Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पहिलोपल्ट बेलायतमा चलचित्र अवार्ड हुँदै , चर्चित कलाकारहरु लण्डनमा
युके समाचार

पहिलोपल्ट बेलायतमा चलचित्र अवार्ड हुँदै , चर्चित कलाकारहरु लण्डनमा

September 13, 2024Updated:September 13, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पहिलोपल्ट बेलायतमा चलचित्र अवार्ड हुँदै , चर्चित कलाकारहरु लण्डनमा

लन्डन । नेपालका चर्चित कलाकारहरु भुवन केसी र मिरुना मगर  शनिबार लण्डनको एक नेपाली रेष्टुरेन्टमा देखिए । सन्दर्भ थियो नेपाली फिल्म अवार्ड । अवार्डकै लागि अरु चर्चित कलाकारहरु पनि लण्डन आउने भएका हुन् ।

सन् १९६० मा स्थापित युरोपकै सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेले अवार्ड गर्न लागेको हो ।
बेलायतमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड(२०२४ (इन्फा) को व्यापक तयारी भएको आयोजकले प्रेस सम्मेलनमा जानकारी दिए।

१४ सेप्टेम्बरमा शनिबार लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा हुन लागेको अवार्ड कार्यक्रममा भाग लिन कलाकारहरु अन्य कलाकारहरु अनमोल केसी , केकी अधिकारी, जसिता गुरुङ, जिया केसी, सुशान्त खत्री, मलिना जोशी, गरिमा शर्मा, शिल्पा मास्के पनि लन्डन आइसकेका छन् ।

अवार्डमा कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिने र १६ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेका हुन् ।

बिहीबार सांझ लन्डनमा आयोजित पत्रकार भेटघाटमा यती अध्यक्ष पिपला देवान , प्रमुख संयोजक उमेशराज मोक्तान , महासचिव टंक भट्टराई र उपमहासचिव आशिष पन्तले पहिलोपल्ट गर्न लागेको भए पनि सबैको सहयोग हुने अपेक्षा गर्दै उपस्थितिको लागि आव्हान गरे ।

अभिनेता भुवन केसीले अवार्ड कार्यक्रमले नेपाली चलचित्र उद्योग, कलाकार र कला संस्कृतिलाई प्रवर्धन प्रोत्साहन गर्ने आशा व्यक्त गरे । यस्ता कार्यक्रमको निरन्तरताले भविष्यमा लन्डन नेपाली फिल्मको मुख्य बजार बन्न सक्ने उनको अपेक्षा थियो ।

 

award infa2024 nepalifilm yeti
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleपहिचान पुरस्कारको लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनौट
Next Article लण्डनमा पहिलो फिल्म अवार्ड सम्पन्न : चलचित्र ‘जारी’ सबैमाथि भारी

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

‘Our gods were locked in the basement.’ Now Nepal is pursuing sacred items once smuggled abroad – The Independent

February 15, 2024

B.Tech Nepali Student deceased at KIIT Odissa , sparks wide criticism

February 17, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.