काठमाडौँ । पहिचान पुरस्कार कोषले २०८० कोलागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ । कोषले मंगलबार ८ वटा पुस्तक र सर्जकहरुको नाम सार्वजनिक गरेको हो ।
उत्कृष्ट छनौट गरिएका पुस्तकहरु सिलीदुङः गीलु रातोस, गोपीचाः विश्व कुइकेल, आगोको पिदारः मिथोच, ओ पेङ्दोर्जेः राजु स्याङ्तान, चिया गफः प्रविण खालिङ (भारत), सपनाहरुको बहीः अभागी थेगुवा, मुन्दुम ट्रेलः श्याम सामसोहाङ राई, त्यसरी त कहिल्यै सोचिएनः निर्भीकजंग रायामाझी रहेको छ ।
यसअघि ११ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको । पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ ।
त्यसै गरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ त्यसैगरी प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ लाई संयुक्त रुपमा पुरस्कार यस अघि प्रदान गरिसकेको छ । पुरस्कार राशी चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।