लण्डन / बेलायती सेनाको छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेलबाट अवकाश प्राप्त टोल खाम्चामगरले राजा चाल्र्सको सुरक्षा दलमा सामेल हुने अवसर प्राप्त गरेका छन् ।
खाम्चामगरले फेब्रुअरी २० तारिखदेखि राजा चार्ल्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर सुरक्षा प्रदान गर्ने जनाए ।
राजदरबारका निकटलाई मात्र छनोट गरिने प्रचलन भए पनि बिबिधता , समानता र समाबेशिताको अनुसार सबैलाई समेट्ने नीति अनुरुप ब्रिटिश आर्मी, नेभी, रोयल एयर फोर्सलाई पनि सुरक्षा दस्तामा संलग्न गराउने भएको हो । मगरका अनुसार ‘गोर्खाबाट छानिने उनीि पहिलो व्यक्ति हुन ।
किंग्स् गार्ड सेरेमोनियल ड्युटीका क्रममा परिचालित हुने गर्दछ ।साथै हेड अफ स्टेटको भिजिटका बेला, संसद शुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुंदा आदि समारोहमा किंग्स् गार्ड परिचालन गरिन्छ ।’
ब्रिटिश आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गरेका खाम्चामगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफिटनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकास लिएका थिए ।
१९८७ जनवरीमा भर्ती भएका उनी स्याङ्जामा जन्मिएका हुन् ।