Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाली नयाँ वर्ष २०८२: बेलायत लगायत विश्वभर रहेका नेपालीहरूद्वारा उत्सवपूर्वक मनाइयो
युके समाचार

नेपाली नयाँ वर्ष २०८२: बेलायत लगायत विश्वभर रहेका नेपालीहरूद्वारा उत्सवपूर्वक मनाइयो

April 14, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाली नयाँ वर्ष २०८२: बेलायत लगायत विश्वभर रहेका नेपालीहरूद्वारा उत्सवपूर्वक मनाइयो

दिनेश कुमार , लन्डन

अप्रिल १४ — वैशाख १ गते, नेपालमा नयाँ वर्ष २०८२ को शुभारम्भ विभिन्न सांस्कृतिक कार्यक्रम, शुभकामना आदान–प्रदान र पारिवारिक जमघटका साथ मनाइँदैछ। यसै सन्दर्भमा, बेलायतमा बसोबास गर्ने नेपाली समुदायले पनि नयाँ वर्षलाई विशेष उत्साह र गर्वका साथ मनाएका छन्।

लन्डन, म्यान्चेस्टर, बर्मिङ्घम, रिडिङ, ग्लासगो लगायतका सहरहरूमा नेपाली संघसंस्था, क्लब र व्यक्तिगत तहमा भेला भई नयाँ वर्षको स्वागत गरिएको छ। बेलायतको नेपाली दूतावासले समेत विशेष शुभकामना सन्देश जारी गर्दै नेपाली संस्कृति र चाडपर्वले आपसी सम्बन्धलाई मजबुत बनाउने उल्लेख गरेको छ।

परदेशमा पनि नेपाल सम्झिने क्षण
बेलायतमा रहेका नेपालीहरूले परदेशी भूमिमा भए पनि नेपालको मौलिक संस्कृति र चाडपर्वहरू जोगाइराख्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। विशेषगरी नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न यस्ता चाडपर्वहरू महत्वपूर्ण मानिन्छ।

सांस्कृतिक कार्यक्रम, नेपाली खाना, दोहोरी गीत, भजन, नृत्य र बालबालिकाहरूका लागि पारम्परिक खेलहरू समेत आयोजना गरिएको थियो। कतिपय स्थानहरूमा “नेपाली ड्रेस कोड” समेत अपनाइएको देखिन्थ्यो, जसले नेपाली पहिचानलाई अझ मजबुत बनाएको छ।

नेपालसँगको भावनात्मक सम्बन्ध
यस्तो अवसरमा धेरै नेपालीहरूले नेपालमा रहेका आफन्तजन र साथीभाइहरूसँग भिडियो कल र सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश आदान–प्रदान गरेका छन्। नेपालमा नयाँ वर्ष मनाउने तरिका, टुँडिखेलको विशेष सभा, मेला, झाँकी तथा सांगीतिक कार्यक्रमहरूको याद यहाँ रहेका नेपालीहरूलाई भावुक तुल्याएको थियो।

नेपालको पर्यटन, संस्कृति, र समृद्धिको कामनासहित नयाँ वर्षको स्वागत गरिएको बेलायतस्थित नेपाली समुदायले साझा सन्देश दिएका छन्—
“जहाँ भए पनि, नेपालीको मन नेपालमै हुन्छ।”

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा, संसारभर रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना!

BS2082 Nepal NewYear
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleवरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
Next Article एभरेष्टमा यो वर्ष अहिलेसम्मकै भीडभाड हुने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

संस्कृत सभ्यता – RHINO TALKS With Durga Pokhrel

March 16, 2024

विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

June 21, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.