Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
नेपाल समाचार

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

April 6, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार तथा समाजसेवी भैरव रिसालको निधन भएको छ। उनी ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज निधन भएका हुन्। मुटु र फोक्सो सम्बन्धी समस्याले ग्रस्त रिसालको अन्तिम समयमा अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनको पुष्टि उनका भाइ पुरु रिसालले गरेका छन्।

भक्तपुरको तिथलीमा १९८५ साउन २९ गते जन्मिएका रिसालले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनी राष्ट्रिय समाचार समिति (रासस)का प्रमुख समाचारदाता रहिसकेका थिए। पत्रकारिता अघि उनले तथ्याङ्क विभागमा समेत काम गरेका थिए।

रिसालले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ नामक लोकप्रिय रेडियो कार्यक्रम सञ्चालन गरेका थिए। वामपन्थी सोच राख्ने उनी २०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरबाट उम्मेदवार समेत बनेका थिए।

मानव अधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानका लागि उनले जगदम्बा श्रीसहित विभिन्न सम्मानहरू प्राप्त गरेका थिए। जीवनभर समाजसेवा र लेखनमा समर्पित रिसालले ‘साधुलाई सुली (जेल डायरी)’, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘भैरव दाइ’जस्ता पुस्तकहरू प्रकाशन गरेका छन्।

रिसालले पहिले नै आफ्नो मृत्युपछि शरीर पाटन अस्पताललाई अध्ययनका लागि दान गर्ने घोषणा गरेका थिए। उनी श्रीमती, दुई छोरा र दुई छोरीसहित परिवारमा बाँकी रहेका छन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतमा नेपाली शेफ शंकर पाण्डेको २० वर्षे योगदानको सम्मान, एभरेस्ट इन समूहसँग दुई दशकको सफल यात्रा
Next Article नेपाली नयाँ वर्ष २०८२: बेलायत लगायत विश्वभर रहेका नेपालीहरूद्वारा उत्सवपूर्वक मनाइयो

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पहिलोपल्ट बेलायतमा चलचित्र अवार्ड हुँदै , चर्चित कलाकारहरु लण्डनमा

September 13, 2024

भव्य भयो आनीको कन्र्सट , मानवसेवालाई सहयोग गर्न अपिल

May 8, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.