Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाली ओपन कन्सर्टका लागि खेम सेन्चुरी र अन्जु पन्त बेलायत आउने
कला

नेपाली ओपन कन्सर्टका लागि खेम सेन्चुरी र अन्जु पन्त बेलायत आउने

May 21, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाली ओपन कन्सर्टका लागि खेम सेन्चुरी र अन्जु पन्त बेलायत आउने

फार्नब्रोमा हुने कार्यक्रम ‘म्युजिक फर युनिटी’ नाराका साथ कन्सर्ट आयोजना हुँदै

लण्डन । मगर संघ युकेको आयोजनामा आउँदो जुन १४ तारिखका दिन बेलायतको फार्नब्रोस्थित फार्नब्रो रग्बी फुटबल क्लबमा आयोजना हुने नेपाली ओपन कन्सर्ट २०२५ मा नेपालका ख्यातिप्राप्त कलाकार खेम सेन्चुरी, अन्जु पन्त र विजय ठाडा सहभागी हुने भएका छन्।

संघले कार्यक्रमको जानकारी दिन लण्डनमा आज पत्रकार सम्मेलनमा भ्वाइस अफ नेपाल सिजन ६’ का कोच खेम सेन्चुरी, सदाबहार गायिका अन्जु पन्त तथा ‘भ्वाइस अफ नेपाल सिजन ३’ का टप १२ प्रतियोगी विजय ठाडाले प्रस्तुति दिने जानकारी दिईएको हो ।

कार्यक्रममा ‘छन्। ‘म्युजिक फर युनिटी’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रम बिहान ११ बजेबाट बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा बालबालिकाका लागि मनोरञ्जनात्मक खेल, युवा तथा ज्येष्ठ नागरिकहरूका लागि सांस्कृतिक प्रस्तुति, नेपाल र बेलायतका स्थानीय कलाकारहरूको नृत्य र ‘मगर गट ट्यालेन्ट’ प्रतियोगिताका विजेताहरूको विशेष प्रस्तुति समावेश गरिनेछ।

संघका अनुसार कार्यक्रमलाई सफल बनाउन युकेको १२ वटै शाखाहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ। कार्यक्रममा वेल्स, क्याट्रिक, मिडल्याण्ड लगायतका क्षेत्रहरूबाट सहभागीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुने छन्। साथै, स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू समेतको उपस्थिति रहने आयोजकले जनाएको छ।

करिब ५ हजार दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको यो कार्यक्रम बेलायतमा नेपाली समुदायबीच सांस्कृतिक एकता र पहिचान प्रवर्द्धन गर्ने एक विशिष्ट वार्षिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ।

कार्यक्रमको दौरान मगर महिला संघ युकेले राफल ड्र सञ्चालन गर्नेछ, जसमा £२०० देखि £७०० सम्मका नगद पुरस्कारहरू राखिएका छन्।

मगर संघ युकेको स्थापना सन् २००२ मा भएको हो भने, सन् २००६ देखि संघले नियमित रूपमा नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ। आयोजकका अनुसार यो कार्यक्रम बेलायतमा खुला मैदानमा सबै उमेर समूहका लागि खुल्ला ढंगले आयोजना हुने  बृहत नेपाली सांस्कृतिक कार्यक्रम हो।

 पत्रकार सम्मेलनमा मगर संघ युकेका अध्यक्ष लालबहादुर पुनले अध्यक्षता गरेका थिए भने महासचिव गोमानसिंह पुनले सञ्चालन गरेका थिए। कार्यक्रममा पत्रकारहरूका जिज्ञासाको उत्तर संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रूद्र थापा र संघकी सांस्कृतिक सचिव नुनु पाइजाले दिएका थिए।

Anju Panta Bijaya Thada Khem Senchuri Magar openconcert
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleटोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा
Next Article भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी, एक वर्ष कैद र ३२ लाख बढी बिगो फिर्ता गर्ने आदेश

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

टोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा

May 19, 2025

बेलायतमा नेपाली मेलाको तयारी, ५ हजार दर्शकको सहभागिता हुने अपेक्षा

August 21, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.