Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा
युके समाचार

एनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

June 20, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। आउँदो जुलाईको अन्तिम साता हुने निर्वाचनका लागि शुक्रबार साँझ जुममार्फत आयोजित पत्रकार सम्मेलनमा पुडासैनीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

एनआरएनए अन्तर्राष्ट्रिय समितिका केन्द्रीय सदस्य रहेका पुडासैनी लामो समयदेखि बेलायतमा सामाजिक, राजनीतिक र श्रमिक अधिकारका क्षेत्रमा सक्रिय रुपमा क्रियाशील छन्।

पत्रकार सम्मेलनमा उनले एनआरएन अभियानलाई अझ एकीकृत, समावेशी र जिम्मेवार बनाउन आफू अध्यक्ष पदमा उम्मेदवार बनेको स्पष्ट पारे। उनले प्रस्तुत गरेका प्रमुख एजेण्डाहरूमा:

  • एकताबद्ध र सशक्त एनआरएन निर्माण,

  • नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने,

  • नेपालस्थित गैरआवासीय नेपालीहरूको सम्पत्तिको संरक्षण,

  • पूर्व गोर्खाहरूको समान अधिकारको पक्षमा ऐक्यबद्धता जनाउने,

  • एनआरएनएमा नयाँ पुस्ताको सहभागीता अभिवृद्धि गर्ने,

  • नेपाली कला, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने,

  • नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार र सुरक्षालाई मजबुत बनाउने जस्ता बुँदाहरू समावेश छन्।

बेलायतस्थित GMB National Union मा सचिव पदमा कार्यरत पुडासैनीले बेलायतमा श्रमिक हकहितको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन्। यसअघि उनले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व र सल्लाहकारको भूमिका समेत सफलतापूर्वक निर्वाह गरेका छन्। उनको उम्मेदवारीसँगै एनआरएन यूकेको निर्वाचन थप प्रतिस्पर्धात्मक र चासोको केन्द्र बन्ने देखिएको छ।

को हुन् राजेन्द्र पुडासैनी?

राजेन्द्र पुडासैनी, नेपाल नुवाकोट जिल्लाको साविक जिलिङ गाउँपालिका–२ (हाल बेलकोटगढी नगरपालिका–८) निवासी स्व. उपेन्द्र पुडासैनी र लोकमाया पुडासैनीका माइलो सुपुत्र हुन्। करिब २५ वर्षअघि अध्ययनका लागि बेलायत आएका पुडासैनीले यहाँको प्रतिष्ठित विश्वविद्यालयबाट MBA र BSc (Honors) डिग्री हासिल गरेका छन्।

विगत १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील रहेका पुडासैनी हाल तीन छोराका पिता र दुई नाति–नातिनाका हजुरबुवा हुन्।

विद्यार्थीकालदेखि नै सामाजिक रूपान्तरणमा सक्रिय रहेका पुडासैनी नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) का सभापति समेत भइसकेका थिए। बेलायतमा आएपछि उनी ट्रेड यूनियन आन्दोलनमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्। हाल उनी GMB National Union, London Centre North का सचिव पदमा कार्यरत छन् र बेलायतमा श्रमिक अधिकारको एक सशक्त आवाजको रूपमा परिचित छन्।

सामाजिक एकता र समावेशीकरणमा विश्वास राख्ने पुडासैनीले सन् २०१४ मा London Borough of Harrow अन्तर्गत Harrow-on-the-Hill काउन्सिलर पदमा समेत उम्मेदवारी दिएका थिए। उनी राजनीति र समाजसेवामा पारदर्शिता र शुद्धिकरणका पक्षधर मानिन्छन्।

हाल पुडासैनी बेलायतको Essex स्थित Harlow मा स्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनले यती नेपाली एशोसिएसनमा दुई कार्यकाल महासचिव, प्रनेममा अध्यक्ष, र विभिन्न सामाजिक संघसंस्थामा सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका छन्।

पुडासैनी सन् २०२१–२३ मा एनआरएनए अन्तर्राष्ट्रिय समितिका सदस्य समेत थिए। नेपालमा महाभूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिका समयमा उनले बेलायती स्वास्थ्यकर्मीहरूको टोलीको नेतृत्व गर्दै राहत तथा पुनर्निर्माण कार्यमा समेत सक्रिय सहभागिता जनाएका थिए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपालका सूचना प्रविधि कम्पनीलाई पहिलोपटक विदेशमा लगानीको अनुमति
Next Article विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एनबीसी युकेको साधारण सभामा सगरमाथा आरोही महिलाको प्रेरणायुक्त सन्देश

March 12, 2025

“From TikTok Triumph to Turmoil: Nepal’s Influencers Face Financial Strain as Government Enforces Ban”

December 13, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.