Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी
युके समाचार

एनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी

July 12, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा कासीराम भण्डारीको उदयले नयाँ तरंग ल्याएको छ। विशेषगरी स्कटल्याण्डबासी नेपालीहरूको साझा उम्मेदवारका रूपमा अगाडि सारिएपछि उनी चुनावी प्रतिस्पर्धामा लोकप्रिय नामका रूपमा स्थापित हुन थालेका छन्।

हाम्रो कथा जस्ता चर्चित सामाजिक मिडिया प्ल्याटफर्महरूबाट चर्चामा आएका कासीराम भण्डारी हाल स्कटल्याण्डमा बसोबास गर्दै आएका एक सक्रिय समाजसेवी हुन्। लामो समयदेखि प्रवासी नेपालीहरूको हकहितमा काम गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत पनि ठूलो समर्थन पाएका छन्।

स्कटल्याण्डको एकताको प्रतिक बने कासीराम

एनआरएनए यूकेको आउँदो २६ जुनको अनलाइन निर्वाचनको पूर्वसन्ध्यामा, स्कटल्याण्डका नेपालीहरूबीच भण्डारीलाई साझा उम्मेदवार बनाउने सहमति भएपछि चुनावी प्रतिस्पर्धा झन् रोचक बनेको छ। यसअघि नै राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्रीले उम्मेदवारी घोषणा गरिसकेका थिए।

भण्डारीले नेपालब्रिटेन डटकमसँगको कुराकानीमा स्कटल्याण्डवासीहरूको चाहना र समर्थनका आधारमा आइतवार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको जानकारी दिएका छन्। उनले आफ्नो औपचारिक घोषणापछि चुनावी अभियानलाई थप तिव्रता दिने बताएका छन्।

नेतृत्वको सहमति, एकताको सन्देश

स्कटल्याण्डमा अध्यक्ष पदका आकांक्षी शेर केसी र रामप्रसाद कंडेलबीच सहमति भएसँगै रामप्रसाद कंडेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शेर केसीलाई समर्थन गरेका छन्। त्यसको साटोमा शेर केसीले कंडेललाई यूके एनएनसी उपाध्यक्ष पदका लागि समर्थन गर्ने सहमति भएको छ।

उक्त सहमतिपछि स्कटल्याण्डमा एकीकृत समिति गठन गर्ने तयारी गरिएको छ जसले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिनेछ। यस पहलले नेपाली समुदायबीच सहकार्य र एकताको बलियो सन्देश दिएको छ।

शेर केसीले भने, “यो ऐतिहासिक समझदारी नेपाली समुदायको दीर्घकालीन हितमा छ। हामी सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको छ।”

रामप्रसाद कंडेलले पनि एकताबद्ध नेतृत्वमार्फत नेपाली आवाज अझ सशक्त बनाउने अठोट दोहोर्याए।

को हुन् कासीराम भण्डारी?

कासीराम भण्डारी स्कटल्याण्डमा बसेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय एक चिनिएको अनुहार हुन्। “हाम्रो कथा” लगायतका डिजिटल प्ल्याटफर्ममा उहाँको योगदान र प्रस्तुति अत्यन्त लोकप्रिय बनेको छ। समाजमा उदार विचार, मिलनसार स्वभाव र नेतृत्व क्षमताका कारण उहाँले युवा तथा बौद्धिक वर्गको मन जित्न सफल भएका छन्।

उहाँले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षा नभई, समुदायको चाहना र आवाजका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ। उहाँ भन्छन्, “अब समय हो, हामी सबै एकढिक्का भएर नयाँ इतिहास लेख्ने।”

स्कटल्याण्डको सहमति र कासीराम भण्डारीको लोकप्रियता एनआरएनए यूकेको निर्वाचनमा निर्णायक मोड बन्ने संकेत देखिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार
Next Article एनआरएनए यूके निर्वाचन : अध्यक्षका तीन उम्मेदवारहरु मध्ये एक साझा हुने प्रतिवद्धता

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपालका सूचना प्रविधि कम्पनीलाई पहिलोपटक विदेशमा लगानीको अनुमति

June 19, 2025

रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतको आदेश

January 9, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.