Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Monday, November 3
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा एनआरएनए यूकेद्वारा सम्मानित
युके समाचार

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा एनआरएनए यूकेद्वारा सम्मानित

August 7, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा एनआरएनए यूकेद्वारा सम्मानित

ण्डन, बेलायत – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई विशेष सम्मान गरेको छ। बुधबार नर्थ वेस्ट लन्डनमा आयोजित मिट एण्ड ग्रीट कार्यक्रममा अध्यक्ष शर्मालाई सम्मान गर्दै उनको पत्रकारितामा पुर्‍याएको योगदानको कदर गरिएको हो।

एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनीले अध्यक्ष शर्मालाई दोसल्ला ओढाई सम्मान प्रदान गरे। कार्यक्रममा बोल्दै अध्यक्ष पुडासैनीले नेपाली पत्रकारितामा शर्माको दीर्घ योगदान प्रेरणादायी रहेको उल्लेख गरे।

सम्बोधनको क्रममा अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई मातृभूमिसँग जोड्न खेलेको भूमिकाको प्रशंसा गर्दै, सूचना र प्रविधिको प्रयोगमार्फत दूरी घटाउँदै नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको धारणा राखिन्। उनले सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै एनआरएनए यूकेलाई धन्यवाद दिइन्।

साथै, उनले एनआरएनएको आन्तरिक एकता महत्वपूर्ण रहेको बताउँदै संस्थाभित्र उत्पन्न विवादहरू समाधान गर्न संस्थाभित्रै बाट पहल हुनुपर्नेमा जोड दिइन्। गैरआवासीय नेपालीहरूको मुद्दामा पत्रकारहरूको सकारात्मक भूमिका आवश्यक भएको पनि उनले स्पष्ट पारिन्।

कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष रामशरण सिमखडाले नेपाल पत्रकार महासंघसँग लामो समयदेखि रहँदै आएको सहकार्यलाई भविष्यमा अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे। एनआरएनए यूकेका सल्लाहकार चिरञ्जीवी ढकालले पत्रकार महासंघको नेतृत्वमा महिला पुग्नु गौरवको कुरा भएको बताए।
वरिष्ठ पत्रकार सुमन खरेलले अध्यक्ष शर्माको भ्रमणले नेपाल र बेलायतका पत्रकारबीच अनुभव आदान–प्रदानको अवसर सिर्जना गरेको बताए। साथै उनले पत्रकारबीचको एकता कायम गर्न आग्रह गरे।

कार्यक्रमको सञ्चालन संघका प्रवक्ता श्याम लुइटेलले गरेका थिए भने नवनिर्वाचित उपाध्यक्ष डा. रक्षा थापाले स्वागत मन्तव्य दिँदै महिला नेतृत्वले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा एनआरएनए यूकेका विभिन्न पदाधिकारी, पत्रकार, सामाजिक अगुवा तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleगुल्मीको झल्को बेलायतमाः नेपाली सांस्कृतिक परम्पराको प्रर्दशनी
Next Article Rising Crime Among Nepalis in UK Sparks Concern After Two Drug Convictions

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

बेलायतमा नेपाली शेफ शंकर पाण्डेको २० वर्षे योगदानको सम्मान, एभरेस्ट इन समूहसँग दुई दशकको सफल यात्रा

April 6, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.