Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गुल्मीको झल्को बेलायतमाः नेपाली सांस्कृतिक परम्पराको प्रर्दशनी
युके समाचार

गुल्मीको झल्को बेलायतमाः नेपाली सांस्कृतिक परम्पराको प्रर्दशनी

August 4, 2025Updated:August 4, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गुल्मीको झल्को बेलायतमाः नेपाली सांस्कृतिक  परम्पराको प्रर्दशनी

फेल्थाम, लण्डन – बेलायतमा बसोबास गर्ने गुल्मी जिल्लाबासीहरुको साझा संस्था गुल्मी जिल्ला समाज यूके द्वारा आयोजित १७ औं वार्षिक भेटघाट भव्य सांस्कृतिक कार्यक्रमको रुपमा सम्पन्न भएको छ। अगस्ट ३, आइतबारका दिन लन्डनको फेल्थामस्थित ट्युडोर पार्क मैदानमा आयोजित यस भेला कार्यक्रममा हजारौं नेपालीको उत्साहजनक उपस्थिति रह्यो।

कार्यक्रममा विशेष आकर्षणको रुपमा नेपाली पन्जेबाजामा आधारित गुल्मेली नौमती बाजा को प्रत्यक्ष प्रस्तुति रहेको थियो। नेपालबाट आएका कलाकारहरूको सशक्त सांस्कृतिक प्रस्तुति – सोरठी, सराय, घाँटु नाच, तीज गीत, भजन, झ्याउरे, ठाडो भाका र सालैजोले उपस्थित दर्शकलाई झुमाएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन समाजका अध्यक्ष रुद्र थापा को अध्यक्षतामा भयो भने प्रमुख अतिथि नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख विपिन दवाडी ले गुल्मेलीहरुको एकता, ऊर्जा र परोपकारी सोचको प्रशंसा गर्दै गुल्मीलाई नेपालको कला-संस्कृतिको अग्रणी केन्द्रको रुपमा चित्रण गरे।

अध्यात्मिक ऊर्जा प्रवाह गर्ने उद्देश्यले माता राधिका दाशी ले श्लोक र प्रवचन मार्फत मन्तव्य दिइन्।  कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा ले कार्यक्रमले नेपाली संस्कृति र एकताको प्रतिनिधित्व गरेको बताए भने संस्थापक अध्यक्ष ओम प्रकाश थापा काउछा ले संस्था गुल्मेलीहरुलाई दुःख-सुखमा साथ दिने सशक्त मञ्च बनेकोमा गर्व व्यक्त गरे।

कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगा ले सांस्कृतिक प्रस्तुति, व्यवस्थापन र क्याटरिङ टिमलाई धन्यवाद दिँदै कार्यक्रम अत्यन्त सफल र मनोरञ्जनपूर्ण भएको बताए।
महासचिव महालाल घिमिरे को संचालनमा कार्यक्रम सञ्चालन भएको थियो, जहाँ उपाध्यक्ष मन्जु भण्डारी र सल्लाहकार केशब भण्डारी ले सबैलाई स्वागत गरे।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको संयोजन दीपक मैथाने मगर ले गरेका थिए।

कार्यक्रममा परिकारको विशेष स्वादसमेत जोडिएको थियो – रारा रेस्टुरेन्ट द्वारा उपलब्ध जलेबी, चटपटे र बार्बिक्यूसहितको तीन कोर्स खाना सहभागीहरुको मन जित्न सफल भयो।

कार्यक्रमको अन्त्यतिर पूर्व अध्यक्ष बीर बलामी को संयोजनमा सुनका गरगहना पुरस्कारसहितको राफल ड्र आकर्षणको केन्द्र बन्यो।

सांस्कृतिक जगेर्ना, मनोरञ्जन र आपसी सम्बन्ध विस्तारको साझा थलो बनेको यो समर पिकनिक शैलीको कार्यक्रम बेलायतमा रहेका नेपालीहरुमाझ एक प्रतीक्षित वार्षिक पर्वको रुपमा स्थापित हुँदै गएको छ। सन् २००७ मा स्थापना भएको गुल्मी जिल्ला समाज यूके ले बेलायतमै होइन, नेपालमा पनि थुप्रै परोपकारी कार्य गर्दै आएको छ, जसले संस्थालाई उदाहरणीय सामाजिक अभियानको रुपमा चिनाएको छ।

https://www.londonnepalnews.com/wp-content/uploads/2025/08/IMG_4163.jpeg
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाल पत्रकार महासंघ यूकेको १४औं स्थापना दिवस सम्पन्न , बिबादको निरुपण गर्न समिति गठन
Next Article नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा एनआरएनए यूकेद्वारा सम्मानित

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal Airlines releases EOI for $1bn loan – ch-aviation

January 26, 2024

एभरेष्ट चढ्न कडाई गर्दै नेपाल- सात हजार मिटर चढेको हुनुपर्ने प्रस्ताव

April 28, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.