लण्डन/ यसबर्ष बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला गोर्खा कप चौध हजार भन्दा बढिले अवलोकन गरेको अयोजक संस्था तमुधींले बताएको छ । आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको २२ औं ९ ए साइड फुटबल प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शकहरु अपेक्षा गरे भन्दा बढी आएको तमुधीं मिडिया संयोजक सबेन्द्रकुमार गुरुंगले जानकारी दिए ।
तमुधिंले वर्षैपिच्छे नेपाली समुदायलाई एकै ठाउंमा एकत्रित गरेर रचनात्मक काम गरेकोमा प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर मारा माकुनुराले धन्यवाद दिईन् ।
औपचारिक कार्यक्रममा बिशेष अतिथिका रुपमा नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन रोशन खनाल , एमपी लियो डोचेष्टी , गोर्खा ब्रिगेडका कर्णेल जेम्स रोबिन्सनले कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रममा मेडिस्टोन एफसीका बिभेस गुरुंग र न्युपोर्ट एफसीका किबन राईका साथै बेल्जिएम अण्डर नाईन्टीनका नेसनल प्लेयर गोरक घलेको पनि आतिथ्यता रहेको थियो ।
ब्रिगेड व्वाईजको बर्चश्व
ननभेट्रान ५० र भेट्रान २७ र महिला दुई गरि ७९ टिम सहभागी गोर्खा कपमा यस वर्ष नन भेट्रानतर्फ ब्रिगेड ब्वाईज क्लब ले १ गोल गरि प्रथम उपाधि जित्यो । ब्रिगेड व्वाइज क्लवले ३ हजार पाउण्डको चेकसहित शिल्ड र ट्रफी हात पारेको छ।उपबिजेता वाटरमिलोन एफसी भने १ हजार ८०० पाउण्डको चेकसहित ट्रफी पाएको छ । प्लेयर अफ द म्याच कल हेच र टप स्कोरर राहुल लिम्बु भए ।
भेट्रानतर्फ पनि ब्रिगेड व्वाइजले फाइनलमा धरान ११ लाई २–० ले हराएको थियो । जीतसँगै ब्रिगेड व्वाइजले १ हजार ५०० पाउण्डको चेक र ट्रफी हात पार्न सफल भयो। उपविजेता बनेको धरान ११ ले १ हजार पाउण्डको चेक र ट्रफी पायो । भेट्रानतर्फ वेष्ट ब्रिगेड व्याईजका जगत गुरुंग प्लेयर अफ द म्याच र टप स्कोरर धरान ११ एफसीका दुर्गा लिम्बु भए ।
विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, बेलायतका रक्षा राज्य मन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमु धिँ युकेका अध्यक्ष हरि गुरुङ र पुरस्कारका स्पोन्सरहरुले चेक, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बेलायतमा रहेका र नेपालबाट आएका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सयपत्री साँस्कृतिक समूहले गरेको देशभक्तिका गीत र नृत्य आकर्षक थियो ।
तमुधिँ युकेले बेलायतमा गोर्खा कपको आयोजना गर्दै आएको यो २२औं संस्करण हो ।