लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गैरआवासीय नेपाली नागरिकता र गोर्खा आन्दोलन बारे सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ यूकेका महासचिव गोविन्द खरेलका अनुसार संघले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारी गरेको हो ।
अगष्ट २६ तारिख सोमबार अल्डरसटको एम्पायर हलमा संघ र यसका अभियानहरुका सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।
कार्यक्रममा अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का अध्यक्ष डा.बद्री केसी सहभागी हुने भएका छन् ।
गैरआवासीय नेपालीहरुका मुद्धाहरुमा भइरहेका पछिल्लो प्रगतिबारे जानकारी गराइनुका साथै कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासामा आइसीसी अध्यक्ष डा. केसी, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङसहितका पदाधिकारीले जवाफ दिने छन् ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल प्रमुख अतिथि रहने कार्यक्रममा एनआरएनए उपाध्यक्षहरु डा. हेमराज शर्मा, रामशरण सिम्खडा र रोजिना प्रधान राई लगायत संघका आइसीसीका पदाधिकारी, एनआरएनए यूकेका अगुवासहित बेलायतस्थित नेपाली संघसंस्था र समुदायका प्रतिनिधि सहभागी हुने बताईएको छ ।