Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए युवा सम्मेलन : भव्य आयोजना तर पुरानै मागहरूको दोहोर‍्याइ ?
ग्लोबल समाचार

एनआरएनए युवा सम्मेलन : भव्य आयोजना तर पुरानै मागहरूको दोहोर‍्याइ ?

March 16, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए युवा सम्मेलन : भव्य आयोजना तर पुरानै मागहरूको दोहोर‍्याइ ?

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी बैंककमा २०२५ मार्च १५ र १६ मा सम्पन्न भयो। “Empowering the Youth, Shaping the PNO’s Future” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल सम्बोधन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। ३५ भन्दा बढी देशका प्रतिनिधिहरूको उपस्थितिले सम्मेलनलाई भव्य बनायो, तर के यसले नयाँ उपलब्धि हासिल गर्न सक्यो त ?

समस्याहरू पुरानै, समाधानको पहल न्यून

सम्मेलनमा पिएनओ (नेपाली मूलका विदेशी नागरिक) तथा गैरआवासीय नेपालीहरूलाई नेपालको कानूनी परिधिमा सहज रूपमा समेट्नुपर्ने आवश्यकता दोहोर‍्याइयो। गैरआवासीय नेपाली नागरिकता, परिचयपत्र प्राप्त गर्न कठिनाइ तथा पुस्तौंदेखि विदेशमा रहेका नेपालीहरूलाई नेपालसँग जोड्ने विषयमा सरकारले ऐन संशोधन गर्नुपर्ने माग उठाइयो।

युवा तथा दोस्रो पुस्तालाई नेपालसँग भावनात्मक, सांस्कृतिक, र आर्थिक रूपमा जोड्ने प्रतिबद्धता दोहोरियो, तर विगतका सम्मेलनहरूमा पनि यस्तै प्रतिबद्धता व्यक्त गरिए तापनि ठोस कार्यान्वयन भने देखिएको छैन।

प्रतिनिधित्व र नियुक्तिहरू

सम्मेलनले दमकडा नमूना माविकी ओजस्वी आचार्य र थाइल्याण्ड निवासी खुसी कार्कीलाई एनआरएनए ब्राण्ड एम्बासडरका रूपमा चयन गर्‍यो। त्यस्तै, थाइल्याण्ड निवासी श्री बारामी राईलाई दोस्रो पुस्ता गैरआवासीय नेपाली संयोजकमा सिफारिस गरियो। यी नियुक्तिहरू युवाहरूलाई सहभागी गराउने सन्दर्भमा सकारात्मक भए तापनि, कार्यान्वयनको प्रभावकारिता अझै देखिन बाँकी छ।

शिक्षा, नागरिकता र सम्पत्ति अधिकारमा अस्पष्टता

एनआरएनएले उज्बेकिस्तानको एसियन इन्टरनेशनल युनिभर्सिटीसँग दुई जना नेपाली विद्यार्थीलाई एमबीबीएस छात्रवृत्तिको समझदारी पत्रमा हस्ताक्षर गर्‍यो। तर, छनोट प्रक्रियामा पारदर्शिता कसरी कायम गरिन्छ भन्ने स्पष्ट विवरण दिइएन।

गैरआवासीय नेपाली नागरिकताको प्रयोगमा कानूनी जटिलता हटाउन तथा अचल सम्पत्ति, विशेष गरी पैत्रिक सम्पत्तिमा दाबी गर्न पाउने अधिकारको लागि सरकारलाई आग्रह गरियो। तर, यसबारे दीर्घकालीन समाधानका लागि सरकारको प्रतिवद्धता अझै स्पष्ट छैन।

नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन नयाँ पहल?

एनआरएनएले नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जाहेर गर‍्यो। डिजिटल प्रवर्द्धन, पूर्वाधार सुधार, हवाई सेवामा सुधार जस्ता विषयमा छलफल गरिए तापनि, यसलाई कार्यान्वयनमा कसरी लैजाने भन्ने स्पष्ट कार्ययोजना प्रस्तुत गरिएन।

निष्कर्ष : के पुराना प्रतिज्ञाहरू दोहोर्‍याउने मात्र ?

सम्मेलनले पिएनओ र गैरआवासीय नेपाली समुदायका लागि विभिन्न महत्वपूर्ण विषयहरू उठाए तापनि, धेरैजसो विषय विगतका सम्मेलनहरूमा उठाइएका पुरानै मुद्दाहरू थिए। समाधानको स्पष्ट खाका पेश गर्न नसक्दा, यो सम्मेलन घोषणामै सीमित रहने हो कि भन्ने चिन्ता उत्तिकै देखिएको छ।

यस सम्मेलनले ऐतिहासिक महत्त्व राखे पनि, एनआरएनए तथा सम्बन्धित निकायहरूले उठाइएका मागहरूलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्ने दिशामा ठोस कदम चाल्ने कि केवल नारा दोहोर्‍याइरहने भन्ने प्रश्न अझै बाँकी छ।

NRNA Youth
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleवन तथा वातावरणमन्त्री ठकुरी जलवायु सम्मेलनपछि नेपाल फर्किए
Next Article के नेपालीभाषी भूटानीकै कारणले अमेरिकाले भूटानलाई प्रतिबन्ध लगाउन लागेको हो त ?

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

आईसीजेद्धारा बेन्जामिन नेतन्याहू विरुद्ध युद्ध अपराधको आरोपमा गिरफ्तारी वारन्ट जारी

November 21, 2024

बेलायतबाशी राई नेपालमा पक्राउ , ठगीको आरोप

May 4, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.