Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » दीपक थापा , नेपाल प्रहरीको ३१औं महानिरीक्षक
नेपाल समाचार

दीपक थापा , नेपाल प्रहरीको ३१औं महानिरीक्षक

March 17, 2025Updated:March 17, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
दीपक थापा , नेपाल प्रहरीको ३१औं महानिरीक्षक

काठमाडौं — नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी प्रमुखको जिम्मेवारी सुम्पिएको हो। थापा यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गर्दै आएका थिए।

यस नियुक्ति वसन्त कुँवरको अवकाशपछि भएको हो। कुँवरले अनिवार्य अवकाश पाउने समय पुगेपछि सोमबार नै प्रहरी सेवा छोडेका थिए। उनी २०७९ चैत १० गते नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए। प्रहरी सेवामा उनले ३० वर्ष पूरा गरेका थिए, जसको यात्रा २०५१ चैत ५ गतेदेखि सुरु भएको थियो।

गृह मन्त्रालयले सोमबार साँझ नै कुँवरलाई औपचारिक रूपमा बिदाइ गरिसकेको छ। कुँवरका ब्याचमेट एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, र जनक भट्टराई पनि अवकाशमा जानेछन्। भट्टराईले केही समयअघि मात्र एआईजी पद प्राप्त गरेका थिए। त्यस्तै, डीआईजी ध्रुव राउत, भोला रावल, र गणेश चन्द पनि अवकाशप्राप्त भएका छन्।

नवनियुक्त आईजीपी थापाले २०५२ साल भदौ १९ गते प्रहरी सेवामा इन्स्पेक्टरका रूपमा प्रवेश गरेका थिए। उनी २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ गते एसपी, २०७५ फागुन ६ गते एसएसपी, २०७९ असार १७ गते डीआईजी, र २०७९ चैत ६ गते एआईजी बनेका थिए।

आईजीपी पदका लागि तीन जना एआईजी प्रतिस्पर्धामा थिए। थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी, र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ यो दौडमा थिए। कार्यदक्षता, कार्यसम्पादन र ज्येष्ठताको आधारमा थापा अगाडि रहेकाले उनी आईजीपी पदमा चयन भएका हुन्। उनकाे कार्यकाल २०८२ भदौ १८ सम्म, करिब ६ महिना रहनेछ।

IGP NepalPolice
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleके नेपालीभाषी भूटानीकै कारणले अमेरिकाले भूटानलाई प्रतिबन्ध लगाउन लागेको हो त ?
Next Article गैरआवासीय नेपाली संघको १० औं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन: १० बुँदे निष्कर्ष सार्वजनिक

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Gurkha Warriors set to historic premiere in Leicester Square

September 8, 2023

“यो नेपाली शिर उचाली” टिभी कार्यक्रम ल्याउँदै राजेश हमाल

April 4, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.