Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गैरआवासीय नेपाली संघको १० औं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन: १० बुँदे निष्कर्ष सार्वजनिक
ग्लोबल समाचार

गैरआवासीय नेपाली संघको १० औं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन: १० बुँदे निष्कर्ष सार्वजनिक

March 20, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गैरआवासीय नेपाली संघको १० औं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन: १० बुँदे निष्कर्ष सार्वजनिक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन १० बुँदे निष्कर्ष जारी गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

मार्च १८-१९, २०२५ मा कम्बोडियामा आयोजित यस सम्मेलनमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि कानुनी प्रबन्ध आवश्यक रहेको लगायतका विषयमा छलफल गरिएको थियो। संविधानको धारा १४ मा उल्लेखित सामाजिक, सांस्कृतिक, तथा आर्थिक अधिकारहरू सहितको नागरिकता कार्यान्वयन गर्नुपर्ने एनआरएनएको प्रमुख माग रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न यस सम्मेलनमा ३० देशका तीन सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्मेलनका प्रमुख निष्कर्षहरू:

१. गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि संविधानको धारा १४ अनुसार कानुनी प्रबन्ध मिलाउन नेपाल सरकारलाई अनुरोध।

२. थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका मुलुकमा रहेका पाँच लाखभन्दा बढी नेपाली मूलका विदेशी नागरिकहरू (PNO) को पहिचानका लागि आवश्यक कानुनी व्यवस्था गर्न माग।

३. विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मताधिकारको व्यवस्था गर्न ऐन तथा कानून निर्माण गर्नुपर्नेमा जोड।

४. नेपाल एनआरएन डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि हालसम्म भएका कानुनी संशोधनहरूलाई स्वागत गर्दै, धितोपत्र निष्कासनसम्बन्धी निर्देशिकामा ८५ प्रतिशत स्वीकृति दिन सरकारलाई आग्रह।

५. विदेशमा रहेका दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा PNO, युवा तथा महिलालाई संघको मूलधारमा समाहित गर्दै नेपाली भाषा, लिपि, संस्कार, तथा संस्कृति सिकाउने प्रतिबद्धता।

६. वैदेशिक रोजगारमा रहेका नेपालीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा विदेशमा रहेका तथा स्वदेश फर्किएका नेपालीहरूको सीप र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्ने समन्वयकारी प्रयास गर्न आग्रह।

७. एनआरएन अभियानलाई विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्दै सल्लाहकार बोर्ड गठन प्रक्रिया अघि बढाउन माग।

गैरआवासीय नेपालीहरूको अधिकार सुरक्षित गर्दै नेपालसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित सम्पन्न यस सम्मेलनले नीति निर्माण तथा कार्यान्वयनमा सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleदीपक थापा , नेपाल प्रहरीको ३१औं महानिरीक्षक
Next Article नेपाली बिद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको ध्यान खिच्न सफल

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

एशियन करी अवार्डसमा तेश्रो भए नेपाली सेफ , सेफ बिनोद बराल निर्णायकमा

May 21, 2024

गढीमाई महोत्सव : नेपालको ‘क्रुर’ जनावर बलि प्रथा विरोधका बाबजुद पनि जारी

December 9, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.