लण्डन फोक्सटन प्रहरीले शव आपतकालीन सेवाहरू परिचालित पश्चात लोअर लिस्क कोस्टल पार्कमा फेला परेका पूर्व गोर्खाको शवको पहिचान गरि नाम सार्वजनिक गरेको छ ।
भिम लिम्बू ५ मार्चमा फोक्स्टोनको स्यान्डगेट रोडस्थित लोअर लिज कोस्टल पार्कमा मृत अवस्थामा फेला परेको पुष्टि गरिएको थियो। ७३ वर्षीय लिम्बू पूर्व गोर्खा हुन् ।
उनको अकस्मात मृत्युबारे विस्तृत विवरण सोमबार बिहान मैडस्टोनको ओकवुड हाउसमा भएको छानबिनका क्रममा खुलासा गरिएको थियो। नोभेम्बर २८, १९५१ मा जन्मिएका लिम्बू मृत्युको समयमा फोक्स्टोनको फर्न वेमा बसोबास गरिरहेका थिए।
एक सर्वसाधारण व्यक्तिले उनको शव फेला पारेपछि एम्बुलेन्स बोलाइएको थियो, तर सीपीआर प्रयासहरू असफल भए।