Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा
कला

तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

May 29, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

दिनेश कुमार , लन्डन – नेपाली कला, संस्कृति र चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ को समापन समारोह आउँदो शनिबार (३१ मे) लन्डनको ग्रीनफोर्ड हलमा आयोजना हुँदैछ। साँझ ५ बजे सुरु हुने यो भव्य समारोहका लागि अतिथि कलाकारहरू बिहीबार साँझ नै लन्डन अवतरण गरिसकेका छन्।

आयोजक संस्था थर्ड आइका अध्यक्ष विकास देवकोटाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ। उनले समापन समारोहलाई “नेपाली सिनेमा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव”को रूपमा परिभाषित गर्दै दर्शकको उल्लेखनीय उपस्थिति रहने विश्वास व्यक्त गरे।

समारोहमा सहभागी हुने पुष्टि भइसकेका प्रमुख अतिथिहरूमा वरिष्ठ अभिनेता सन्तोष पन्त, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चर्चित नृत्यांगना आस्मा विश्वकर्मा, लोकप्रिय गायक प्रताप दास, गायिका सुवानी मोक्तान, संगीतकार सुबास भुषाल र अभिनेत्री निती शाह रहेका छन्। सबै कलाकार लन्डन आइपुगेका छन् र उनीहरू दर्शकमाझ प्रत्यक्ष प्रस्तुति तथा संवादका लागि तयारीमा छन्।

समापन समारोहमा दर्शकहरूले प्रत्यक्ष सांगीतिक, नृत्यात्मक र सांस्कृतिक प्रस्तुतिहरूको मजा लिन सक्नेछन्। साथै, फिल्म फेस्टिभलको उद्देश्यअनुसार उदीयमान कलाकारहरूलाई निर्माता तथा निर्देशकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पनि उपलब्ध हुनेछ।

यस वर्षको फेस्टिभलको उद्घाटन समारोह गत १९ मेमा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो, जहाँ चलचित्र ‘पुजार सार्की’ को प्रदर्शनसहित महोत्सवको औपचारिक शुभारम्भ गरिएको थियो।

३९८ वटा चलचित्रहरू विश्वभरबाट फेस्टिभलमा सहभागी हुन आवेदन दिएका थिए। तिनमध्ये उत्कृष्ट चार चलचित्रहरू पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नी चयन गरिएका थिए, जसको विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ। समापन समारोहमा यिनै चलचित्रहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।

फेस्टिभल आयोजनामा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु, प्रशान्त खड्का र रविन भारती लगायतको सक्रिय भूमिका रहेको छ।

London NepalFilm Thirdeye
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleइन्फा अवार्ड २०२५, लण्डनको नोमिनेशन सार्वजनिक ; (सूचि सहित )
Next Article गणतन्त्र दिवसमा लन्डनको नेपाली राजदूतावासमा भव्य समारोह

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पोखरामा नेपालकै पहिलो हवाई बेलुन महोत्सव: पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

December 26, 2024

AP PHOTOS: Indian pilgrims throng Nepal’s most revered Hindu temple, Pashupatinath – The Independent

January 16, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.