लण्डन बेलायतको साउथपोर्टमा सोमबार भएको छुरी आक्रमणमा मृत्यु हुने बालिकाको संख्या तीन पुगेको छ ।
अरु आठ जना घाइते भएको स्थानीय प्रहरीलले जनाएको छ । मर्सीसाइड प्रहरीले लिभरपुलको उत्तरमा रहेको साउथपोर्टमा छुरा प्रहारको खबर प्राप्त गरेको बताएको हो ।
टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी १७ बर्षिय युवकले अन्धाधुन्ध छुरा प्रहार गरिएको हो । युवकलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनको पहिचान भने खुलाएको छैन ।
मृत्यु हुने बालिकाहरु बेब किंग, ईल्सी स्ट्यान्कोम्ब एलिश डिशिल्भा रहेका छन् ।साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्रीले मंगलबार घटना स्थल पुगेका थिए ।
बेलायतका राजा चार्ल्स र उनकी पत्नी रानी क्यामिलाले घटनाबाट आफूहरू स्तब्ध भएको बताए।
यसैबीच मंगलबार सांझ स्थानीय स्तरमा भएको शान्तिपूर्ण श्रद्धान्जली कार्यक्रम हिंसामा परिणत भएको छ । आक्रोशित युवाहरुले ढुंगामुढा गर्दा केही प्रहरीहरु घाईते भएका छनर ।