Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव हुँदै
कला

लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव हुँदै

May 8, 2025Updated:May 8, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव हुँदै

लण्डन / नेपाली कला, भाषा, साहित्य, संस्कृति र फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मंचमा पुर्‍याउने उद्देश्यसहित थर्ड आई लिमिटेड ले यस वर्ष लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ। संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने एक ऐतिहासिक अवसर हुनेछ।

देवकोटाका अनुसार, महोत्सवमा नेपालका सामाजिक, सांस्कृतिक पक्ष र जीवनशैली झल्काउने फिल्महरू प्रदर्शन गरिनेछ। “यसले न केवल नेपाली चलचित्र उद्योगको विकासमा मद्दत पुर्‍याउनेछ, तर नेपाली भाषा र संस्कृतिको विश्वव्यापी प्रचारप्रसारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ,” अध्यक्ष देवकोटाले बताए।

महोत्सवले प्रवासी नेपाली समुदायलाई आधुनिक नेपाली चलचित्रहरूको विषयवस्तु, प्रस्तुतिकरण शैली र प्रवृत्तिबारे जानकारी गराउने लक्ष्य पनि लिएको छ। साथै, नयाँ दृष्टिकोण र सन्देश बोकेका चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकहरूलाई नेपाली फिल्मको पहुँच बढाउने उद्देश्य पनि राखिएको छ।

महोत्सवमा भाग लिन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्नेछ। हालसम्म विश्वभरबाट ३९८ वटा चलचित्रले आवेदन दिएका छन्, जसबाट निर्णायक मण्डलले १० उत्कृष्ट फिल्महरू छनोट गर्नेछ। तीमध्ये ३ वटा नेपालमै निर्माण भएका चलचित्र हुनेछन्।

छनोट गरिएका चलचित्रहरू यूकेका विभिन्न सहरहरूमा मात्र होइन, डिजिटल प्लेटफर्ममार्फत पनि विश्वभर प्रस्तुत गरिनेछन्।

समापन समारोह ३१ मेमा हुने छ, जसमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा कदर गरिनेछ। सहभागी कलाकारहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डीसी, धिरेन शाक्य, मोहन निरौला, रवीन्द्र खड्का, नीति शाह, सुवानी मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा जस्ता नामहरू रहेका छन्।

महोत्सवको उद्घाटन समारोह १८ मेमा सम्पन्न हुनेछ।

Festival London NepalFilm Thirdeye
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleपाकिस्तानबीच कश्मीरमा तनाव चुलिँदै: हालैका घटनाक्रमले क्षेत्रीय स्थायित्वमा खतरा
Next Article बेलायतको इमिग्रेसन प्रणालीमा ऐतिहासिक कडाइ : वर्क भिजादेखि स्थायी बसोबाससम्म नयाँ मापदण्ड

Related Posts

Kitab Yatra Festival’s Second UK Edition Celebrates Nepali Literature and Culture in London

August 20, 2025

मनीषा कोइरालालाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि

July 16, 2025

तेस्रो नेपाली फिल्म फेस्टिभल यूके २०२५ : समापन समारोहका लागि कलाकारहरू लन्डनमा, ग्रीनफोर्ड हलमा हुने तयारी अन्तिम चरणमा

May 29, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal: Twelve arrested for smuggling Nepalis into Russian army – BBC

December 7, 2023

Helicopter Rescues, Motorbike Accidents, Altitude Sickness: How Nepal’s Min Bahadur Bham Overcame the Odds to Shoot Berlin Competition Title ‘Shambhala’ (EXCLUSIVE) – Yahoo Eurosport UK

February 22, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.