Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु
फिचर

गोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु

May 15, 2025Updated:May 15, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु

लन्डन, बेलायत – पाल्पाबाट बेलायती सेनामा प्रवेश गरेर समाजसेवी र व्यवसायीको पहिचान बनाएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर अब बेलायतको ननिटन बेडवर्थ बरो का मेयर बनेका छन्।

बुधबार ननिटन काउन्सिल हलमा सम्पन्न वार्षिक बैठकमार्फत सारु बेलायतको स्थानीय सरकारको नेतृत्व तहमा निर्वाचित भएका हुन्। सत्तारूढ लेबर पार्टीबाट उम्मेदवारी दिएका सारुले कुल २० मत प्राप्त गर्दै मेयरको जिम्मेवारी हात पारे। उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे भने चार काउन्सिलर अनुपस्थित थिए।

शपथ लिएपछि सारुले भने, “नेपालको ग्रामीण भेगमा जन्मिएको सामान्य नागरिकले आज बेलायतमा मेयर बन्ने अवसर पाउनु सपनाभन्दा परको कुरा हो।” उनले आफ्नो सफलताको श्रेय बेलायती समाजको समावेशिता, अवसर र समुदायको सहयोगलाई दिएका छन्।

नेतृत्वका लागि प्रतिवद्धता

कार्यभार ग्रहण गर्दै उनले ननिटन बरोमा रहेका सबै जाति, समुदाय र वर्गलाई समेटेर समावेशी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरे। “बरोका हितका लागि मेरो योजना स्पष्ट छन्—समान अवसर, सामाजिक समावेशिता, र समुदायको आवाजलाई प्राथमिकता,” उनले बताए।

बेलायतमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको उल्लेख गर्दै उनले मेयरको हैसियतमा नेपाली समुदायलाई समेत समेटेर काम गर्ने आश्वासन दिए। साथै, उनले नेपालका स्थानीय सरकारहरूसँग अनुभव साटासाट गर्न तयार रहेको उल्लेख गर्दै सहयोगको ढोका खुला रहेको बताए।

गोर्खा इतिहासमा उपलब्धि

गोर्खा भर्तीको २०८ वर्ष लामो इतिहासमा ननिटनमा पहिलोपटक एक पूर्व गोर्खा मेयर बनेको यो क्षणलाई सारुले ऐतिहासिक र गर्वको विषय माने। “यो व्यक्तिगत सफलतामात्र होइन, सम्पूर्ण नेपाली समुदाय र गोर्खा इतिहासको सम्मान हो,” उनको भनाइ थियो।

भीम सारु को हुन्?

पाल्पाको माथागढी गाउँपालिका–१ चिदिपानी चन्द्रवनमा जन्मिएका भीम सारुले सौभाग्य माविबाट प्रारम्भिक शिक्षा प्राप्त गरे। त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट स्नातक पढ्दै गर्दा उनले सन् १९९३ मा ब्रिटिश सेनामा भर्ती भई करिब तीन दशक सेवा गरे।

सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष छन्। उनले रोयल इन्जिनियर्समा ग्यारिजन इन्जिनियरका रूपमा सेवा गरे। सन् २०१७ देखि उनी बेलायतमा इम्ब्रोइडरी व्यवसाय सञ्चालन गर्दै आएका छन्। समाजसेवामा समेत सक्रिय भीम सारु पछिल्लो चार वर्षदेखि स्थानीय राजनीतिमासक्रिय भएर काम गरिरहेका छन्।

उनको मेयर पदमा निर्वाचन नेपालीहरूका लागि मात्र होइन, प्रवासी समुदायको लागि पनि प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।

Gorkhali Mayor UK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleलन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी
Next Article टोरन्टोमा हुने जातीय विभेदविरुद्धको विश्व सम्मेलन २०२५ : तयारी पूरा

Related Posts

Rising Crime Among Nepalis in UK Sparks Concern After Two Drug Convictions

August 8, 2025

बेलायतको इमिग्रेसन प्रणालीमा ऐतिहासिक कडाइ : वर्क भिजादेखि स्थायी बसोबाससम्म नयाँ मापदण्ड

May 12, 2025

नेपालमा भूकम्पपछिको पुनर्निर्माण : एक दशकपछि प्रगति र चुनौतीहरू

April 27, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Maidstone’s Bivesh Gurung: ‘In Nepal I was the talk of the town. It is surreal’ – The Guardian

January 26, 2024

Nepal’s Sandeep Lamichhane receives eight-year jail sentence after being found guilty of rape – The Cricketer

January 10, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.