Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन
युके समाचार

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण ,  £13,000 संकलन

टेथबरीकी एलिस बोडेनले नेपालमा रहेको ६,११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल सफलतापूर्वक आरोहण गर्दै क्यान्सर रिसर्च यूकेका लागि £१३,००० संकलन गरेकी छन्।

क्यान्सरको उपचारपछि केही महिनामै पूर्ण रूपमा निको भएको खबर पाएसँगै उनले यो साहसिक यात्रा सुरु गरेकी थिइन्।

एलिसले भनिन्: “नेपाल साँच्चै सुन्दर देश हो — यहाँका मान्छे, संस्कृति र हिमाल तथा प्राकृतिक दृश्यहरूले बाहिर रहन मन पराउने हामीलाई आकर्षित गर्छ।”

“चढाइ मैले सोचेभन्दा गाह्रो रहेछ — उचाइमा कुनै पनि शारीरिक काम गर्न झनै कठिन हुन्छ, हरेक पाइला चाल्नै मेहनत गर्नुपर्छ।”

“हामी अत्यन्तै बिस्तारै अघि बढ्थ्यौं, कहिलेकाहीँ तीन पाइला हिँडेर फेरी लामो सास फेर्न रोकिन्थ्यो।”

१२ दिनको यो पदयात्रा खुम्बु उपत्यकाबाट सुरु भएको थियो, जसमा उचाइसँग अनुकूल हुनका लागि छोटो यात्राहरू र अन्तिम आरोहणअघि उच्च शिविरमा तीन दिनको प्राविधिक तालिम पनि समावेश थियो।

दुई अनुभवी पर्वतारोहीहरूद्वारा निर्देशित टोलीले बिहान २ बजे शिखरतर्फ यात्रा सुरु गर्‍यो र सात घण्टापछि शिखरमा पुगे।

एलिसले शिखरलाई ‘स्वर्ग’ भनेर वर्णन गर्दै वरपरका हिमालहरूको मनमोहक दृश्यको बर्णन गरिन्। उनले भनिन्: “हामी भाग्यमानी थियौं, त्यो बेला शिखरमा हामी मात्र थियौं। त्यसैले हामीले आरामसँग दृश्य अवलोकन गर्दै चढाइको अनुभवमा रमाउन समय लिन सक्यौं।”

यो साहसिक यात्रा उनको क्यान्सर रिसर्च यूकेका लागि रकम संकलन गर्ने अभियानको एक हिस्सा थियो। सन् २०१९ मा क्यान्सर पत्ता लागेपछि यो संस्था उनको मनको निकट विषय बन्यो। शल्यक्रिया र किमो-रेडियोथेरापीपछि सन् २०२४ को फेब्रुअरीमा चिकित्सकहरूले उनलाई पूर्ण रूपमा निको भएको जानकारी दिएका थिए।

उनले भनिन्: “यो यात्रा मेरो तर्फबाट केही फिर्ता दिने माध्यम थियो।” “म प्रत्येक दिन पाएको उपचारका लागि आभारी छु।”

“क्यान्सर रिसर्च यूकेका लागि रकम संकलन गर्नु भनेको अरूलाई पनि उनीहरूको संघर्षमा साथ दिनु हो।” क्यान्सर रिसर्च यूकेकी ग्लोसेस्टरशायर क्षेत्रकी प्रवक्ता एलिसा मिचेलले एलिसको प्रयासको प्रशंसा गरिन्।

उनले भनिन्: “एलिसले क्यान्सर रिसर्च यूकेप्रति देखाएको प्रतिबद्धताका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं।”

“उनीजस्तो समर्थकहरूको योगदानकै कारण क्यान्सर रिसर्च यूकेले पछिल्ला ५० वर्षमा बेलायतमा क्यान्सरबाट बच्ने दर दोब्बर बनाउन सफल भएको हो।”

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाली मिडिया सोसाईटी युके गठन
Next Article Largest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

आर्थिक रुपमा काठमाण्डौसंग जोडिन उपमेयर सुनिताको आग्रह

May 28, 2024

गोर्खाली गर्व: बेलायतको ननिटनमा मेयर बने भीम सारु

May 15, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.