Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न
युके समाचार

गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

June 12, 2025Updated:June 12, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
गोर्खा आन्दोलन: वर्षदिनपछि लन्डनमा प्राविधिक बैठक सम्पन्न

लन्डन — दशकौँदेखि बेलायती सरकारसँग समान पेन्सनको माग राख्दै आएका भूतपूर्व गोर्खाहरूको आवाज फेरि गुञ्जिएको छ। करिब एक वर्षको अन्तरालपछि लन्डनस्थित नेपाली दूतावासमा गोर्खा मुद्दामा पहिलोपटक प्राविधिक तहमा गहन छलफल सम्पन्न भएको छ।

यो बैठक नेपाली दूतावास, बेलायती रक्षा मन्त्रालय र गोर्खा प्रतिनिधिहरूबीच सम्पन्न भएको हो। बेलायतमा सरकार फेरिएपछि र नेपाली दूतावासमा नयाँ कूटनीतिज्ञहरू आउँदा पुन: वार्ताको ढोका खुलेको विश्लेषण गरिएको छ।

करीब साढे दुई घण्टा चलेको यो बैठकमा विशेष गरी समान पेन्सनको विषयलाई प्राथमिकताका साथ गम्भीर रूपमा छलफल गरिएको दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। “बेलायती पक्षले दीर्घकालीन समाधानमा पुग्न सकारात्मक संकेत दिएको छ, तर कति गोर्खाहरू पेन्सनका लागि योग्य छन् र कति आर्थिक भार पर्छ भन्ने यथार्थपरक विवरण सङ्कलन गरेर पुन: छलफल गर्ने सहमति भएको छ,” उनले बताए।

गोर्खाहरूले भने बेलायती सरकारलाई स्पष्ट सन्देश दिएका छन् — “पेन्सन बिना सम्झौता सम्भव छैन।” वार्ता टोलीका सदस्य तथा गेसो उपाध्यक्ष धर्म तामाङका अनुसार बेलायती पक्षले अघिल्लो जस्तो जटिलता देखाए पनि अब वार्ताको माहोल सकारात्मक बनेको छ। “अबको छलफल सिधै पेन्सनको गणनामा केन्द्रित हुनेछ,” तामाङले बताए।

मेजर (रि.) जुदबहादुर गुरुङले भने, “सन् १९४८ देखि १९९३ सम्म सेवा गरेका गोर्खाहरूको पेन्सन खर्च र लाभग्राहीहरूको संख्या यथार्थमा कति पर्छ भन्ने विवरण तयार पार्ने सहमति भएको छ। लामो समयदेखि बन्द रहेको वार्ताको ढोका आजको छलफलले फेरि खोलेको छ।”

बैठकमा नेपाली पक्षबाट उपनियोग प्रमुख विपिन दुवाडी, सैन्य सहचारी महासेनानी अनुप शाहसहित बेलायती रक्षा मन्त्रालयका पाँच जना अधिकारीहरूको उपस्थिति थियो। भूतपूर्व गोर्खाहरूको तर्फबाट जी–१० समूहका नौ जना प्रतिनिधि छलफलमा सहभागी भएका थिए।

गोर्खाहरू १९१४ को पहिलो विश्वयुद्धदेखि बेलायती सेनामा बहादुरीका लागि परिचित छन्। दोस्रो विश्वयुद्धमा समेत गोर्खाहरूले ठूलो योगदान दिएका थिए। तर, १९४८ पछि भर्ती भएका गोर्खाहरूले समान पेन्सन पाउन सकेनन्। १९९७ मा गोर्खा मुख्यालय बेलायत स्थानान्तरण भएपछिको भर्तीहरूलाई मात्र समान पेन्सन दिइएको छ। यही विभेदविरुद्ध भूपू गोर्खाहरूले विगत दुई दशकदेखि निरन्तर संघर्ष गर्दै आएका छन्।

GURKHAS Justice Pension UKGovernment
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleLargest Single-Day Deportation: 37 Nepalis Sent Back from the U.S. Amid Intensified Crackdown
Next Article एमाले नेता पोखरेलको आश्वासन, ग्रैह आवसीय नागरिकताको अब चाँडै

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

‘Our gods were locked in the basement.’ Now Nepal is pursuing sacred items once smuggled abroad – The Independent

February 15, 2024

सगरमाथा आरोहणको अनुमति शुल्क ३६% वृद्धि

January 28, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.